काठमाडौँ, ३ पौष, नेपाली चलचित्र ‘टाईगर द
रियल हिरो’ को आज प्रोमो सार्वजनिक
भएको छ । माघ १६
देखि देशब्यापी रुपमा प्रदर्शन हुन
लागेको सो चलचित्रको प्रोमो सार्वजनिक
भएको हो । नेपाली चलचित्र
उद्योगमा नायिका बन्न
खोज्दाको पीडालाई नै
फिल्ममा उतारिएको छ ।
चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई
चलचित्र मार्फत देखाउन खोजिएको निर्देशक
राजु गिरीले बताए ।
केटीले आफ्नो करियर बनाउन सबै
कुराको बलिदान दिन समेत पछाडि न
परेको यो अवस्थामा नायिका हुनु
भन्दा अघि भएको सेक्सका भिडियो समेत
बजारमा निकाल्ने भन्दै विभिन्न
बहानामा कसरी अरुले ब्ल्याक मेल गर्छन् यस्तै
सत्य कथालाई फिल्ममा उठान
गरिएको गिरीले जानकारी दिए ।
गिरीले निर्देशन गरेका बिन्दास, बिन्दास २,
दिलमाया लगायत चलचित्रले दर्शकले मन
पराएका थिए ।
शुभेच्छा इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार
यो चलचित्रमा शुभेच्छा थापा, अशोक फूयाँल,
समीक्षा अर्याल, दिपक कँडेल
लगायतका कलाकारहरुको अभिनय दर्शकले देख्न
पाउने छन् । चलचित्रलाई शंकर गिरी र काजोल
गिरीले मिलेर निर्माण गरेका हुन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...