किन काठमाण्डुका युवा
चुरोटमय भइरहेछन् ?
चियापसलहरुमा चुरोटको धुँवा नउडेको ठाउँ
फेला पार्न कठिन छ । साँझपखको समयमा त
आगो सल्केका हात र धुँवा उडाइरहेका अनुहार
सबैजसो सार्वजनिक
स्थलहरुमा छ्याप्छ्याप्ती फेला पर्छन् ।
माथिको गीतले भनेजस्तो युवा प्रेमी–
प्रेमिकाको जोडी पनि लाइटर र चुरोटसँगै
भेटिन्छन् । २०.वर्षमुनिका युवायुवतीहरु
समूह– समूहमा चुरोट सल्काएर हिंडिरहेका भेटिनु
कुनै अनौठो दृश्य हुन छाडिसक्यो । उहिल्यै
कवि भूपि शेरचनले काठमाण्डु उपत्यकालाई
‘चिसो एस्ट्रे’सँग तुलना गरेका थिए । अहिले एक
दिनमा मात्रै ठोसिने चुरोटका ठुटाहरु एक ठाउँ
पार्ने हो भने काठमाण्डु साँच्चिकै एस्ट्रे–
उपत्यका बन्थ्यो, सायद तातो एस्ट्रे ।
काठमाण्डुका गल्लीगल्लीमा चुरोटका धुवाँ उडाइरहने
वृद्घदेखि बालक, महिलादेखि विद्यार्थी त
कर्मचारीदेखि हाकिमसम्म भेटिन्छन् । त्यसो त
सरकारले धूम्रपान र
सुर्तिसेवनको नियन्त्रणका लागि भन्दै २०६८ साउन १९
गतेदेखि यसको नियन्त्रण र नियमन गर्ने ऐन
देशव्यापी रुपमा लागू गरिसकेको छ । ऐनले
सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाउने,
बालबालिका र गर्भवतीलाई बिक्री गर्न नपाउने र
ऐन विपरीत जानेलाई एक सयदेखि एकलाख
सम्मको जरिवाना तोकेको छ ।
तर.विद्यार्थीहरुले ड्रेसमै सार्वजनिक
स्थानमा धुवा उडाउँदा समेत
त्यसमा कसैको चासो छैन.।
निषेधित स्थानमै ड्रेसमै चुरोट
खाइरहेको विमल राई (नाम परिवर्तन) भन्छन्
‘खोइ कसैले.केही भन्दैन,
पुलिसले पनि देखेकै हुन्छन्, यहाँ चुरोट खानु हुँदैन भनेर
लेखिएको पनि छैन, के गर्ने ।’
चुरोट खानेमा केटामात्र होइन
काडमाण्डुका क्याफेमा केटीहरुको पनि त्यतिकै भिड
लाग्ने गर्छ । ड्रेशमै चुरोट
तानिरहेकी कमला अधिकारी (नाम परिवर्तन)
भन्छिन् ‘पहिले त चुरोट खाने मान्छे देखेर घृणा लाग्ने
गर्दथ्यो, तर पछि साथीहरुको संगतले
यसमा लागियो, अहिले त दिनमा ६,७ वटा नखाइ
निद्रै लाग्दैन ।’ उनले चुरोट आफ्ना लागि नसा बन्दै
गएको र खानु हुदैन भन्ने थाहाँ हुदा हुदै पनि छाड्न
नसकेको बताइन् ।
यसरी चुरोट तथा अन्य आगुऔषधको प्रयोग गर्नेहरुले
यसलाई छाड्न सक्र्दैनन् तर बरु यसका लागि अन्य
कुराहरु त्याग्न सक्दछन् । यसको हानीबारे
विद्यार्थीलाई थाहा नहुने त कुरै भएन तरपनि उनीहरु
यसलाई नसा बनाइ आफ्नो भविष्य माथि खेलबाड
गरिरहेका छन् ।
विद्यार्थीहरु विहानै क्याफेमा छिर्छन् अनि चुरोट
पिएर कलेज जान्छन् तर कलेजलाई यसबारे कुनै
जानकारी हुदैन नत घरपरिवारका सदस्यलाई नै हुन्छ
खबर । नयाँ वानेश्वरका क्याफे संचालक रामकुमार
थापा भन्छन् ‘दिनमा ३०,४० जना विद्यार्थी ड्रेसमै
चुरोट खान आउछन्, केटीहरु पनि केटा भन्दा केहि कम
हुदैनन्, हाम्रो त व्यापार न हो के गर्नु बेच्नै पर्यो ।’
यो त एक उदाहरणमात्र हो यसरी दैनिक कलेज
तथा स्कूल ड्रेसमै चुरोटको धुवा उडाउनेहरु
हामी कति देख्छौँ कति । हामी मात्र होइन
प्रहरी पनि देख्छ यस्ता गतिबिधी तर किन चुप छ त
प्रहरी यस
विषयमा हनुमानढोका प्रहरी प्रवक्ता दिनेश आचार्य
भन्छन् ‘यस्ता नियमहरु मानिसले आफैले बुझेर
पालना गर्ने हो, बाटोघाटोलाई सार्वजनिक
स्थलका रुपमा लिइएको छैन,
हामी पनि अफैमा बाध्य छौँ ।’
विद्यार्थीले चुरोट पिउने विषयमा उनी भन्छन्
‘विद्यार्थीले ड्रेसमै चुरोट पिउँदा लाग्ने कानुनबारे
कुनै व्याख्या गरिएको छैन, हामीले कुन
आधारमा कारवाही गर्ने, यो उनीहरु आफैले बुझ्ने
कुरा हो ।’ उनका अनुसार हालसम्म सार्वजनिक
स्थलमा चुरोट खानेहरुलाई सम्झाई बुझाइ छाडिने
गरिएको छ ।
कानुनको दायरामा कोहीपनि आएका छैनन् ।
चुरोट विशेषगरी साथिहरुको करकाप, लहलहै,
मनोरञ्जन लिन, चिन्ता भगाउन, असफलता,
बेरोजगारी लगाएतका विभिन्न कारणले खाने गर्दछन्
मानिसहरु । त्यसैले आगूऔषधको लतमा लागेकाहरुलाई
घृणा गर्ने चन्दापनि उसको बानीमा सुधार ल्याउने
तर्फ सोच्नुपर्ने हुन्छ । त्यसकालागि सरकार, समाज,
विद्यालय लगाएतकाले आ आफ्रनो स्थानबाट
सोच्नुपर्ने देखिन्छ ।
पातलो कागजभित्र सुकेको सूर्तीको पातलाई
धुलो बनाएर बेरेपछि चुरोट बन्छ । यो एक
प्रकारको अम्मल हो । चुरोटमा हुने
निकोटीनको प्रयोगले गर्दा मानिसलाई
त्यसको बानी लाग्ने गर्दछ । यसको स्वाद
मिठो नहुँदानहुँदै पनि यसको दैनिक प्रयोग
बढिरहेको देखिन्छ ।
चुरोटको बानी लागिसकेपछि त्यसलाई हटाउन निकै
गाह्रो पर्ने गर्दछ । धुम्रपान स्वास्थ्यका लागि धेरै नै
हानिकारक हुन्छ । विश्वका धेरै स्थानमा कुन
उमेरका मानिसले धुम्रपान गर्ने र कहाँ गर्ने भन्ने
तोकिएको हुन्छ ।
नेपालमा पनि धुम्रपानका विषयमा पछिल्लो समयमा आवाज
उठ्दै आइरहेको छ र केही नियम
कानुनपनि बनाएको अवस्था छ । धुम्रपानकै कारणले
फोक्सोको क्यान्सर, मुटुरोग, नपुंसकता,
छालाका रोग जस्ता खतरनाक रोगहरु लाग्न सक्दछन्
। तर त्यसको ज्ञान हुदा हुदै पनि चुरोट सेवन गर्नेहरु
जहाँत्यही भेटिन्छन् । २०६९ को तथ्यांक
अनुसार नेपालमा प्रत्येक दिन सूर्तीजन्य
पदार्थको सेवनबाट.४४ जनाको ज्यान जाने गर्दछ ।
त्यस्तै यसकै सेवनका कारण उत्पन्न हुरने
रोगका कारण उपचारमा वार्षीक १६
अर्व रुपैया खर्च भइरहेको छ । नेपालको कुल
जनसंख्याको झण्डै ५० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन
गर्ने गरेको राष्ट्रिय स्वास्थ्य
शिक्षा जाकारी तथा संचार
कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १५–४९ वर्षका चुरोट
सेवन गर्ने २९.८ प्रतिशत पुरुष र ८.७ प्रतिशत
महिला रहेका छन् । त्यस्तै १३–१५ वर्ष समूहमा ५.५
प्रतिशत पुरुष र ०.८ प्रतिशत महिला रहेका छन् ।
सबैभन्दा बढी चुरोट सेवन गर्नेहरुमा १५ वर्ष र त्यस
भित्रको समूह रहेको कार्यालयका निर्दैशक
बद्रि खड्काले बताए । उनका अनुसार यस समूह भित्र
२९ प्रतिशत पुरुष र १९ प्रतिशत महिलाले चुरोट सेवन गर्ने
गर्दछन् ।
चुरोट सेवन गर्न नमिल्ने स्थानहरु सरकारी निकाय,
संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय,
स्वास्थ्य संस्था, विमानस्थल, सार्वजनिक
सवारी साधन, सार्वजनिक शौचालय, चलचित्र घर,
होटल, रंगशाला, धार्मीक स्थल, टिकट काउन्टर
लगाएतका क्षेत्रमा धुम्रपान गरे कानुन बमोजिम
कारवाही हुने सरकारी नियम रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...