-->
'संविधानसभा विघटनको नारा किनलागेन ?’ प्रचण्डलाई वैद्यले प्रश्न सोधे....

काठमाडौं । नेकपा– माओवादीका अध्यक्ष
मोहन वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल
दाहाललाई सोधे, ‘आन्दोलनमा हाम्रा माग
किन सम्बोधन भएनन् ?
संविधानसभाभित्रको आन्दोलनमा हाम्रा नारा किन
लागेनन् ?’
उनले आफ्ना नाराबारे प्रस्ट पार्दै भने,
‘यदि संयुक्त आन्दोलन गर्ने हो भने
संविधानसभा भंग हुनुपर्छ भन्ने
हाम्रो नारा त्यहाँभित्रको आन्दोलनमा लाग्नुपर्छ।’
दाहालले जबाफ दिँदै भने, ‘हतार नगरौं, माघ ८
सकौं अनि छलफल गरौंला।’
संविधानसभाभित्र तोडफोड र
नाराबाजी गर्दै संविधान निर्माण
प्रक्रिया अवरुद्ध
गरेको तथा सडकमा कार्यकर्ता उतारेर दबाब
दिएको विषयमा मूल्यांकन गर्ने क्रममा वैद्यले
यसरी दाहालसँग असन्तुष्टि पोखेका थिए।
संविधानसभाभित्र र बाहिर
आन्दोलनका लागि थप रणनीति बनाउन बुधबार
बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा एमाओवादीसहित
३० दलीय मोर्चाको बैठकमा वैद्यले सहकार्य गर्ने
तर आफ्ना मागबारे कुरै नउठाएको भन्दै
असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले मूल र सहायक नारा बनाएर
आन्दोलनमा आफूहरूप्रति विभेद
गरिएको गुनासो पनि गरे।

, , , , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...