-->
सामसुङले ब्ल्याकबेरी किन्ने..

न्युयोर्क– कोरियाली सामसङ इलेक्ट्रोनिक्सले
क्यानडाली कम्पनी ब्ल्याकबेरी साढे सात अर्ब
अमेरिकी डलरमा किन्ने प्रस्ताव गरेको छ।
प्रतिस्पर्धी एप्पललाई पछार्न सामसङ
यो रणनीतिमा लागेको स्रोतले बताएका छन्।
सामसङको यो प्रस्ताव ब्ल्याकबेरी सेयरको हाल
चलिरहेको बजार मूल्यभन्दा ३८ प्रतिशत बढी हो।
स्रोतका अनुसार दुवै
कम्पनीका कार्यकारी अघिल्लो सातादेखि सम्भा
वित सेयर किनबेचबारे छलफलमा जुटेका छन्।
ब्ल्याकबेरीले भने सेयर किनबेच
सम्बन्धी पछिल्लो समाचारको खण्डन गरेको छ।
‘कम्पनी सामसङ वा अरु कुनै पनि पक्षसँग
वार्तामा बसेको छैन,' ब्ल्याकबेरीले
जारी गरेको विज्ञप्तिमा छ। रोयटर्सले खरिद–
बिक्रीसम्बन्धी समाचार प्रकाशित
गरेपछि ब्ल्याकबेरीको सेयर मूल्य ३० प्रतिशतसम्म
बढेको थियो भने कम्पनीको विज्ञप्ति आएपछि घटेर
अघिल्लो दिनको भन्दा १५ प्रतिशत उच्च मूल्य कायम
भएको छ।
बुधबार दुई क्यानडाली दैनिक ग्लोब र मेलले सामसङले
ब्ल्याकबेरी किन्ने प्रस्तावको आलोचना गर्दै
समाचार प्रकाशित गरेका थिए। कुनै विदेशीलाई
कम्पनी बेच्दाभन्दा ब्ल्याकबेरीको पुनर्संरचना गर्दा
सेयरधनीलाई बढी लाभ हुने ती दैनिकहरुले उल्लेख
गरेका छन्।
अग्रणी स्मार्टफोन उत्पादन ब्ल्याकबेरी कुनै
बेला सेयर लगानीकर्ताका लागि आकर्षक
कम्पनी थियो। एप्पल, सामसङ र
गुगलजस्ता प्रतिस्पर्धीका कारण
खस्किएको ब्ल्याकबेरीले नयाँ कार्यकारी प्रमुख
जोन चेन आएपछि गति लिएको छ।
‘ब्ल्याकबेरी अहिले दोबाटोमा आएको छ,'
मर्निङस्टार इन्भेस्टमेन्टका विश्लेषक ब्रायन
कोलेलोले भने, ‘ सेयर किनबेचको सौदाबाजीमा दुवै
पक्ष चनाखो हुनुपर्छ।' सामसुङ    अहिले नम्बर १
स्मार्टफोन निर्माता हो। स्मार्टफोन
बजारमा थुप्रै प्रतिस्पर्धी भएकाले
ब्ल्याकबेरी खरिद गर्न सके सामसङ आफ्नो मूल
उद्देश्यमा केन्द्रित हुन सक्ने कोलेलोको तर्क छ।
दुई कम्पनीबीच सेयर किनबेच सहमति भइहाल्यो भने
अमेरिका, क्यानडा र कोरियाका नियामक
निकायबाट स्वीकृति लिनुपर्ने हुन्छ।
सामसङका अधिकारीले स्वीकृति लिने यो जटिल
प्रक्रियाबारे सचेत रहेको जनाएका छन्।
यसअघि २०१३ चिनियाँ कम्पनी लेनेभोले
गरेको ब्ल्याकबेरी किन्ने प्रयासलाई
क्यानेडाली सरकारले सुरक्षा कारण देखाउँदै
अस्वीकार गरेको थियो। हाल
क्यानेडाली सरकारको आधिकारिक भनाइ बाहिर
नआए पनि स्रोतहरुले सामसङलाई लिएर
सुरक्षा चासो नहुने बताए।

,

0 comments

प्रतिक्रिया दिनुहोस्...