-->
चिनियाँ शाओमी र फेसबुकबीच सहकार्य !

विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट
फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरवर्ग र
विश्वको तेश्रो ठूलो स्मार्टफोन
निर्माता कम्पनी शाओमीका सिइओ ली जुनबीच
संयुक्त लगानीका विषयमा छलफल भएको छ ।
गएको महिना शाओमीले १ अर्ब १० करोड
लगानी जुटाउनुपूर्व जुकरबर्ग र ली बीच
शाओमीमा फेसबुकको सम्भावित
लगानीका विषयमा छलफल
भएको खुलासा भएको हो ।
चिनियाँ एप्पललको नामले परिचित
शाओमीका सिइओले
जुकरबर्गसँगको छलफलमा लगानीका लागि आग्रह गरे
पनि त्यसले मूर्तरुप भने पाएन । अक्टोबरमा जुकरबर्गले
गरेको बेइजिङ भ्रमणका बेला एक प्राइभेट डिनर
पार्टीमा यी दुई बीच छलफल भएको रोयटर्सले
जनाएको छ ।
ली ले बेइजिङस्थित आफ्नै घरमा जुकरबर्गसँगै
फेसबुकका व्यवसाय विकाश प्रमुख जोन ल्यागेर्लिङ र
फेसबुकका चीन प्रमुख भघन स्मिथलाई
डिनरका लागि आमन्त्रण गरेका थिए । उक्त
डिनरवार्तामा लगानीका विषयमा ठोस
सहमति नभएपनि दुई सिइओबीचको छलफलमा सन् २००९
देखि चीनमा फेसबुकमाथि प्रतिबन्ध
लाग्नुका आर्थिक तथा राजनीतिक असर र
शाओमीमा फेसबुकको लगानीका सम्भावित
परिणतिहरुका विषयमा गम्भीर छलफल
भएको बुझिएको छ ।
एक जानकारका अनुसार शाओमीले फेसबुकसँगबाट
ठूलो लगानीको अपेक्षा नगरेको भएपनि यस
घटनाक्रमबाट अमेरिका र चिनियाँ कम्पनीहरुबीच
पछिल्लो समयमा गहिरिँदै गएको सम्बन्धलाई
पुष्टि गरेको छ ।
चिनियाँ प्रविधि उद्योग परिपक्व बन्दै
जाँदा अमेरिकी लगानीकर्ता तथा टेक धनाढ्यहरु
लगानीका लागि इच्छुक बन्न थालेको बताइएको छ ।
फेसबुक र शाओमीबीच सन् २०१४ को मध्यतिरबाटै
अनौपचारिक रुपमा सम्भावित
लगानीका विषयमा छलफल सुरु भएको जानकारहरु
बताउँछन् ।
यदि फेसबुकले शाओमीमा लगानी गरेको भए
चिनियाँ एप्पल भनिने शाओमीको अन्तराष्ट्रिय
प्रतिष्ठा बढ्नुका साथै १ अर्ब ३० करोड
प्रयोगकर्ता रहेको फेसबुकका प्रयोगकर्तासँग समेत
सामिप्यता स्थापित गर्ने थियो ।
विश्वमा सबैभन्दा बढि जनसंख्या रहेको देश
चीनमा साझेदारसँग मिलेर आफ्नो प्रभाव विस्तार
गर्ने लक्ष्य फेसबुकले लामो समयदेखि राख्दै आएको छ ।
तथापि फेसबुक र शाओमीबीच
तत्कालका लागि लगानी सहकार्य नहुनुमा दुबै
कम्पनीका आन्तरिक र बाह्य समस्याहरु
कारकको रुपमा रहेका छन् ।
चीनमा प्रतिबन्धित रहेको फेसबुकबाट
लगानी भित्राउँदा चिनियाँ सरकारको सम्भावित
अवरोध तथा फेसबुकसँगको सहकार्यले व्यवसायिक
साझेदार गुगल बिच्किने खतरा रहेका कारण
शाओमीले तत्काल फेसबुकको लगानी भित्राउने
विषयमा आँट गर्न नसकेको बताइन्छ ।
शाओमीका स्मार्टफोनहरु गुगलको एन्ड्रोइड अपरेटिङ
सिस्टमबाट चल्दै आएका छन् । चिनिया इन्टरनेट सेन्सर
सम्बन्धि उच्च अधिकारी लु वेइले विदेशी सोसल
मिडियाहरुले चिनियाँ समाजको तागतलाई अस्थिर
बनाउने चेतावनी दिएको विषय
शाओमीका लागि फेसबुकसँगको सहकार्यको एक
बाधकको रुपमा रहेको छ ।
तथापि लु ले गत
महिना अमेरिका भ्रमणका क्रममा फेसबुकको मुख्यालय
भ्रमण गरि चीन र फेसबुकबीच सम्बन्ध सुधार हुन
थालेको संकेत गरेका छन् ।
गत महिना शाओमीले थप १ अर्ब १० करोड
लगानी जुटाएपछि कम्पनीको मूल्य ४५ अर्ब डलर
पुगेको छ । पछिल्लोपटक
शाओमीमा लगानी गर्नेहरुमा हंगकंगमा रहेको लगानी संस्था अल
स्टार्स इन्भेस्टमेन्टका साथै फेसबुक र
अलिबाबामा समेत लगानी गरेको इक्विटी र्फम
डिएसटी ग्लोबल लगायतका रहेका छन् ।
फेसबुक चीनमा प्रवेश गर्न चाहन्छ र शाओमीले चीन
बाहिर आफ्नो विस्तार गर्न चाहन्छ । त्यसैले दुबै
कम्पनीले एक अर्कासँगको सहकार्यको महत्व बुझेका छन्
फेसबुकका संस्थापक
जुकरबर्गकी श्रीमती चिनियाँ मूलकी भएकीले समेत
जुकरबर्गले चीनमा आफ्नो लगानी सहज हुने
ठानेको बताइन्छ । शाओमीसँगको रणनीतिक
साझेदारीले आफ्नो एप तथा प्रयोगकर्तालाई अझ
विस्तार गर्ने सुनौलो मौका पाउनुका साथै
चीनमा लागेको प्रतिबन्ध उल्टाउने अवसर समेत प्राप्त
हुने अपेक्षा फेसबुकको रहेको छ ।
स्मार्टफोनसँगै अनलाइन सेवा समेत प्रदान गर्दै
आएको शाओमीका लागि फेसबुकसँगको सहकार्यले
विशाल युजर डाटामा पहुँच स्थापित
गरि विश्वव्यापी इन्टरनेट कम्पनीको रुपमा विकाश
गर्न सहयोग गर्नेछ ।

,

0 comments

प्रतिक्रिया दिनुहोस्...