-->
६ महिनामा ४५ अर्ब ६२ करोड राजस्व

वीरगन्ज, १ माघ– नेपालकै प्रमुख राजस्व असुली केन्द्र
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक
वर्षको पहिलो छ महिनामा लक्ष्यभन्दा करिब १३
प्रतिशतले बढी राजस्व असुली गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ
महिनाका लागि ४० अर्ब ५७ करोड तीन लाख ४२
हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको थियो ।
तर, ४५ अर्ब ६२ करोड ११ लाख पाँच हजार राजस्व
असुली भएको छ छ ।
यो लक्ष्यको तुलनामा १२।४५ प्रतिशतले
वृद्धि भएको वीरगन्ज भन्सार
कार्यालयद्वारा आयोजित
पत्रकारसम्मेलनमा सो जानकारी गराइयो ।
यसैगरी चालु आर्थिक वर्षको पुसमा वीरगन्ज भन्सार
कार्यालयले लक्ष्यभन्दा ३।६ प्रतिशत बढी राजस्व
असुली गर्न सफल भएको छ ।
पुसमा ६ अर्ब ६७ करोड ४८ लाख ४३ हजार राजस्व
असुली गर्ने लक्ष्य लिएकामा कार्यालयले
सो अवधिमा ६ अर्ब ८७ करोड ९२ लाख १७ हजार
राजस्व असुली गरेको छ ।

0 comments

प्रतिक्रिया दिनुहोस्...