-->
माइकल ज्याक्सनको अनौठो जुत्ता

सन् १९८८ मा माइकल ज्याकसनले रिलिज गरेका ‘स्मुथ क्रिमिनल’ नामक म्युजिक भिडियोले फ्यानहरु अचम्मित नै परे। माइकलका चर्चित डान्स स्टेपहरु बाहेक, उनले यो गितमा केही नयाँ अनि नसोचेको गरे। गुरुत्वबललाइ माथ दिदै ४५ डिग्रीको कोणमा अगाडी ढक्लेर फेरी पछाडीनै गएको भिडियोले गर्दा यो गित अत्यन्त प्रख्यात हुन पुग्यो।
Anti Gravity Shoes Michael Jackson Smooth Criminal (1)












तर यो गितको भिडियोमा गरेको यो कार्य डोरीको सहायताले गरेका थिए माइकलले अनि अन्य डान्सरहरुले। तर उनलाइ यो स्टेप ज्यादै मनपरेको ले कन्सर्टहरुमा पनि सजिलैसंग यस्तो गर्न सकियोस् भनि ‘एन्टी ग्य्राभिटी शु’ (गुरुत्वबल बिरुद्ध काम गर्ने जुत्ता) बनाउने सोचे माइकलले। अमेरिकाका दुइजना आविस्कारहरुको मद्दतले उनले तो जुत्ता बनाए अनि सन् १९९३ मै यो जुत्ताको पेटेन्ट अधिकार पनि प्राप्त गरे। यसको अर्थ कानुनी मान्यता बिना उनको यो आविष्कार अरुले प्रयोग गर्न पाउनेछैनन्।।
यो जुत्ताको तल्लो भाग भुइमै स्थिर हुन सक्छ र डान्सरहरु अगाडी झुक्न सक्छन् यो जुत्ता लगाएपछि।
तर यो जुत्ता भने शतप्रतिशत सफल भने भएन। केहि बर्षपछि नै मस्कोमा प्रस्तुति दिइरहदा माइकलको एउटा जुत्तामा समस्या आयो अनि यो नै यो जुत्ताको अन्त्य ठहरियो।
यस्तो थियो उनको जुत्ता


,

0 comments

प्रतिक्रिया दिनुहोस्...