घर जान्छु बिहे गर्छु भन्ने सपना साचेका बिष्णु मल्ल जो ६ बर्ष पछि बाकसमा घर फर्किए
पैसा कमाउने र परिवारमा नाना र छाना हाल्ने सुन्दर सपना बोकेर विदेशिएका विवस व्यक्तिको शब घरमै पुग्दा त्यसको अवस्था कस्तो हुन्छ होला हामी सहजै अनुमान गर्न सक्दैनौं ।
यस्तै चट्याङ परेको छ बाग्लुङ सिगाना ७ का विष्णु मल्लको परिवारलाई । घर छाडेर विदेशिएको झण्डै ६ वर्ष पुग्न लागेको थियो । मलेसियामा अबैधानिक रुपमा काम गर्दै आएका २४ वर्षीय मल्लको अझै घर फर्किने चाँजोपाँजो मिलिरहेको थिएन । हरेक वर्ष दशै तिहार आएपनि उनको घर फर्किने साइत जुरेन ।
गत वर्षको तिहारलगत्तै बाबुको निधन भएको खबर पाएपनि फर्किने अवस्था नभएपछि विदेशी भूमिमै वित्यो । त्यसको केही समयपछि उनकी जेठी आमा (सौतेनी आमा) को पनि बितेको खबर पाए तै पनि उनी घर फर्किने अवस्था बनेन । केही पैसा कमाउ अनि गरिबीले पिल्सिएको परिवारलाई मल्हम पट्टी बोकेर घर फर्कु, यस्तै सोच थियो उनको ।
बिडम्बना उनी शनिबार घर त फर्किए तर बाकसमा प्राण हीन शब बनेर । खुसी बोकेर फर्किने भनेका उनी घर परिवार र उनकै बाटो हेरी दिन गनेर बसेकी आमालाई आँसु र वियोग ल्याई दिएर फर्किए । श्रीमानसँगको बियोगको पीडाले भित्रभित्रै जलिरहेकी आमा र परिवार पाल्ने जिम्मेवारी उनैको थाप्लोमा थियो तर बिडम्बना पटक पटक छटपटाएकी तिनै आमालाई फेरि ठूलो बज्रपात भयो । छोरो विदेशबाट धन कमाएर फर्किएला भनेर ६ वर्षदेखि बलेसी कुरिरहेकी आमा छोराको शबमात्रै आएपछि अर्को पीढामा परेकी छन् ।
अवैधानिक रुपमा काम गर्दै आएका मल्ल फेब्रुअरी ७ सम्म खुसीका सपना देख्थे, घर फर्की सानो एउटा भाइको विवाह गर्ने र सानी बहिनीलाई राम्ररी पढाउने अनी बुढी आमालाइ खुसी बनाएर पाल्ने । सुन्दर सपनासँगै सुतेका बिष्णु सधैका लागि निदाए र उनका सपनाहरु टुहुरा बने ।
अवैधानिक रुपमा मलेसियामा मृत्यू हुने विदेशी कामदारलाई उनीहरुको देश पठाउन त्यहाँको सरकारले कुनै सहयोग गर्दैन । आफ्ना आफन्त र दरिलो परिवार भए र पहल गरेमात्र शब उनीहरुको देशमा पठाईन्छ । अझै झापा र देशका विभिन्न क्षेत्रका मृतक नेपालीको शब मलेसियामा सडिरहेका छन ।
बैदेशिक रोजगारीको क्रममा नै विष्णुको निधन भएसँगै त्यहाँ रहेका नेपालीहरुले विभिन्न माध्यमबाट सहयोग संकलन गरी शबलाई नेपाल पठाउन सहयोग गरे । मलेसियासहित कतारमा रहेका नेपाली तथा मलेसियन कम्पनीमा काम गर्ने बंगलादेशी नागरिकहरुले समेत सहयोग नगरेको भए उनको शब नेपाल पठाउन मुस्किल थियो ।
यसरी नै विदेशी भूमिमा मृत्यु भएकाहरु मध्ये सयौंको शब अहिले पनि मलेसियामा थन्किएका छन् । सबैको सहयोगमा शब नेपाल पु¥याएपछि शनिबार नै उनको अन्तिम संस्कार गरिएको छ । - साभार : नेपाल
0 comments
प्रतिक्रिया दिनुहोस्...