-->
खानेपानीको हाहाकार भएपछि धमाधम बसाईसराइ

पाँचथर, चैत्र ९ । सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको पाँचथरको रानीगाउँ, स्याब्रुम्बा र यासोक गाउं विकास समितिका स्थानियवासी खानेपानीको अभावका कारण बसाइ सर्न थालेका छन् ।

सदरमुकाम फिदिम देखि १७ किलोमिटर टाढा रहेका यी गाविसका स्थानीय अहिले खानेपानीको हाहाकारका कारण वर्षेनी सयांैको संख्यामा वसाई सर्न थालेका हुन् । चार वर्षको अवधिमा पांच सय भन्दा वढी घरधुरी यी गाविसवाट वसाई सरेको रानीगाउँका स्थानिय नरेन्द्र सम्हाम्फेले जानकारी दिए । पांच वर्ष यता यस ठाउँका खोला, खोल्सी तथा कुवाहरु समेत सुक्न थालेपछि अहिले त्यस ठाउँका स्थानिय तमोर नदी र सिवा खोलाको पानी ट्याक्टरवाट वोकाएर प्रति लिटरमा ५ रुपैयां तिरेर पानी प्रयोग गर्न वाध्य छन् । तीन गाविसमा गरी २ हजार घरधुरी रहेक छन् ।

0 comments

प्रतिक्रिया दिनुहोस्...