फरार अभियुक्तहरु २३ वर्षपछि पक्राउ
काठमाडौं, चैत्र १० । सरकारी छाप, दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्तहरु २३ वर्षपछि पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतले २३ वर्ष अगाडि एक वर्ष कैद र ५० हजार जरिवाना तोकेका नैकापका रवीन्द्र श्रेष्ठ, बाबुराजा श्रेष्ठ र श्यामबहादुर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । २०४६ सालमा तत्कालीन गन्डकी अन्चल कार्यालय पोखराका प्रमुख र शाखा अधिकृतहरुको दस्तखत कीर्ते गरी नक्कली सवारीचालक अनुमतिपत्र बनाएको आरोपमा जिल्ला अदालत कास्कीले अभियुक्तहरुलाई दोषी ठहर गरेको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...