-->
एटीएम कार्डहरुको पीन नम्बर ह्याक गरी करोड बढी रकम निकाल्ने विदेशी पक्राउ (भिडियोसहित)

काठमाडौं, चैत्र ११ । विभिन्न बैंकहरुका एटीएम कार्डहरुको ‘पीन’ नम्बर ‘ह्याक’ गरी एटीएमबाट करोड बढी रकम निकालेका बुल्गेरियाली नागरिक पेट्रोस्लाभ रिस्टोभलाई प्रहरीले पक्राउ गरको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई ठमेलको टेम्पल टाइगर्स अपार्टमेन्टबाट १ करोड २० रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिहरुका ‘मास्टर कार्ड’ तथा ‘भिसा कार्ड’का पीन नम्बरहरु ह्याक गरी एटीमहरुबाट रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ ।

रिस्ट्रोभको साथबाट ४० हजार अमेरिकी डलर, ५७ हजार युरो र नेपाली १८ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै एक सय ७९ थान मास्टर कार्ड, म्यागेटिभ स्टिप कार्ड राइटर र रिर्डर, मोबाइल र ल्यापटप बरामद गरेको छ । रिस्ट्रोभले बैंकको पीन नम्बर तथा आवश्यक डाटाहरु समेत चोरी गरी एटीएमबाट पैसा निकालेर बैंकनजिक रहेका मनी एक्सचेन्जबाट यूरो र डलर सटही गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआइबीले नेपालमा एटीएम बैंकिङ सुविधा पूर्णसुरक्षित नरहेकाले नियमितरुपमा पीन नम्बर परिवर्तन गर्न र एटीएम कार्ड सुरक्षित राख्न आग्रह गरेको छ । विशेष गरी सपिङ सेन्टरहरुमा एटीएम कार्ड प्रयोग गर्दा सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।

यस्तै, सस्तोमा डलर साट्ने प्रलोभन देखाइ ठगी गर्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका छिरिङ दोर्जे लामा र गुल्मीका सुकमान गुरुङ रहेका छन् । निजहरुले डलर भनी कागजको बन्डल दिएर ठगी गरेको प्रहरीले जनाएको छ ।

,

0 comments

प्रतिक्रिया दिनुहोस्...