-->
कतारमा स्याङजाका कुशललाई १० दिनपछि मृत्युदण्ड दिदै, ब्लडमनि स्विकार्न कुशलको आग्रह

दोहा, कतार । वैदेशिक रोगजारीका सिलसिलामा कतार पुगेका एक नेपाली युवालाई कतारको पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
कतारको पुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको हो ।
मार्च ३१ तारिखमा ‘क्रिमिनल कोर्ट’लेमृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन गएका थिए । पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो कार्कीले भनेका छन् ।
२०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो ।

कतार स्थित नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ ।कार्यबाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति गराउन आवश्यक रहेको बताउनुभएको छ ।

‘पीडक र पीडित दुवै नेपाली हुन् । दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, उनले भने, ‘सम्बन्धित पक्षबीच मेलमिलापको प्रक्रिया अगाडि बढाउन हामीले माथिल्लो तहमा भनिसकेका छौं ।’
मृतक अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् । कुशलले आफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए ।
‘मबाट गल्ती भयो । यसमा मेरो पश्चाताप छ,’ उनले भने, ‘पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।’सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिने चलन छ ।

कतार आएको तीन महिनामै हत्या अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तलब र काम नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्याको अभियोगमा उनलाई केन्द्रीय कारागारको थुनामा राखिएको छ ।
नेपालबाट पहल नभए उनलाई अबको १० दिनभित्र फाँसीमा झुण्ड्याइने कतारमा कार्यरत नेपालीहरुले बताएका छन् । उनीहरुले तत्काल पहल गर्न सरकारसंग माग गरेका छन् । 

0 comments

प्रतिक्रिया दिनुहोस्...