-->
चीनले सगरमाथा बाट सुरुङ खनेर रेल नेपाल ल्याउने तयारी

२७ चैत, काठमाडौं ।
भारतले नेपालको सगरमाथा हुँदै रेलवे निर्माण गर्ने प्रस्ताव गरेको कुरा सार्वजनिक भएपछि भारतीय मिडियामा हंगामा मच्चिएको छ । भारतको नेपालमाथि रहेको ब्यापारिक एकाधिकारमाथि चीनले धावा बोल्न लागेको विश्लेषण गर्दै मिडियाले यो समाचारलाई विभिन्न ढंगले हेडलाइन बनाएका छन् ।

चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाडौंसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेपछि भारतमा भने रडाको मच्चिएको हो ।

नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा प्रकाशित गरेको थियो । नौ महिनाअघि चीनको सिगात्से ल्याइपु:याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो।
भारतका लागि खतराको घण्टीः चीन नेपालमा रेल सेवा विस्तार गर्ने योजनामा

 शीर्षकमा टाइम्स अफ इण्डिया लेख्छः

यो रेलमार्ग बनाउनुको कारण नेपालमा चीनको भूमिका विस्तार गर्न र तिब्बती धर्म गुरु दलाई लामालाई तिब्बतीले नभेटुन्
भन्ने रहेको समेत दावी गरेको छ ।

कतिपय सञ्चार माध्यमले यसलाई नेपालमा चीनको हस्तक्षेप बढाउने र भारतलाई कमजोर बनाउने षडयन्त्रकोरुपमा समेत अर्थ्याएका छन् ।
भारतीय मिडियामा चीनका राष्ट्रपति नेपाल आउन लागेको भन्ने चर्चा पनि राम्रैसँग गरिएको छ ।

0 comments

प्रतिक्रिया दिनुहोस्...