१२ घण्टा बैंककमा ट्रान्जिटपछि प्रधानमन्त्री कोइरालाको टोली जाकर्तामा
काठमाडौं, बैशाख ८ । एशियाली–अफ्रिकी बाङ्गडुङ्ग सम्मेलनका लागि इण्डोनेशिया गएका प्रधानमन्त्री सुशील कोइरालासहितको टोलीले १२ घण्टा थाइल्याण्डको बैंककमा ट्रान्जिटमा बिताएका छन् ।
बाङ्गडुङ्ग सम्मेलनको ६० औं बार्षिकोत्सव तथा दशौं एशियाली–अफ्रिकी शिखर सम्मेलनलाई संबोधन गर्न उनी हिजो दिउँसो थाई एयरवेजको टिजी ३२० विमानबाट बैंकक जानु भएको थियो ।
साँझ ६ बजे थाइल्याण्ड पुगेको नेपाली प्रतिनिधिमण्डल १२ घण्टाभन्दा बढी समय बैँकक ट्रान्जिटमा रहेर आज विहान ८ बजे त्यहाँबाट प्रस्थान गरेको छ ।
जकार्ताको कनेक्टिङ फ्लाइटमार्फत् गएका उनी स्थानीय समय अनुसार आज बिहान साँढे ११ बजे जकार्तास्थित सोइकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...