-->
धुलिखेल–सिन्धुली–बर्दिबास सडकमा यातायातको चाप बढयो

सिन्धुली, चैत्र १९ । धुलिखेल–सिन्धुली–बर्दिबास सडकमा यातायातका साधनको चाप बढ्न थालेको छ ।

साना तथा मझौलाखालका सवारी–साधनले पृथ्वी राजमार्ग छाडेर यो बाटो प्रयोग गर्न थालेपछि सडकमा चाप बढेको हो । यो राजमार्गबाट दैनिक तीन हजारको हाराहारीमा गाडीहरु आवत–जावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सवारी चाप बढेसँगै राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न प्रहरीले लामो दूरीका सवारी–साधनका चालकलाई १५ मिनेट आराम गर्ने व्यवस्था मिलाएको छ ।

यस्तै, दुर्घटना हुन नदिन ठूला सवारी–साधनलाई रातको समयमा सन्चालनमा रोक लगाइएको छ ।

0 comments

प्रतिक्रिया दिनुहोस्...