मन्त्रीले गाए दोहोरी, राजधानीमा प्रतियोगिता, विजेतालाई ७५ हजार
काठमाठौं, चैत्र २० । राजधानीमा शुक्रबारदेखि राष्ट्रिय लोक–दोहोरी प्रतियोगिता सुरु भएको छ ।तीन दिनसम्म चल्ने प्रतियोगितामा देशभरका दोहोरीसाँझका गायक–गायिकाको सहभागिता रहेको छ ।
खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले दोहोरी गीत गाएर उद्घाटन गरेको प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको हो ।
प्रतियोगीतामा २७ टोली सहभागी छन् । प्रतियोगीतामा प्रथम हुनेलाई ७५ हजार ५ सय ७५, दोस्रो हुनेलाई ५५ हजार ५ सय ७५ र तेस्रो हुने प्रतियोगीलाई ३३ हजार ३ सय ३३ रुपैयाँसहित विभिन्न पुरस्कार दिइने बताइएको छ |
0 comments
प्रतिक्रिया दिनुहोस्...