मदिरा सेवनले नेपालमा कलेजोका रोगी बढे।
काठमाडौं, वैशाख ४ । अत्याधिक मदिरा सेवनका कारण नेपालमा कलेजोका रोगीहरु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
काठमाडौं मेडिकल कलेजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा चिकित्सकहरुले मदिरा सेवनलगायत असन्तुलित खानपानका कारण नेपालका ६० प्रतिशत मानिसहरुको कलेजोमा कुनै न कुनैखाले समस्या देखापर्ने गरेको बताएका हुन् ।
कार्यक्रममा कलेजो रोग विशेषज्ञ डा. छेतेन योन्जनले आँखा पहेंलो हुने, पेटमा पानी भरिने, बिरामी कोमामा जानेलगायत कलेजो रोगका लक्षण भएको भन्दै सुरुमै रोग पत्ता लागे सजिलै निको पार्न सकिने बताइन् ।
कार्यक्रममा अस्पतालले कलेजो प्रत्यारोपण सेवा सुरु गर्न गृहकार्य गरिरहेको जानकारी दिइएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...