-->
बारामा बस पल्टिँदा ३ को मृत्यु, १४ घाइते, दुईजना गम्भीर

बारा, वैशाख ८ । काठमाडौंबाट सर्लाहीको मलंगवा जाँदै गरेको यात्रुबाहक बस बाराको पिलुवास्थित पसाहा खोलानजिक दुर्घटना हुँदा मंगलबार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको बाराको सिमरास्थित तराई सिमरा अस्पताल र ८ जनाको निजगढस्थित मोहम्बी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइते दुईजनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही ब्रम्हपुरीका अकिल गिरी, उनकी श्रीमती सीता गिरी र सर्लाही पुनर्बासका लक्ष्मी पासवान छन् ।

तीव्र गतिमा रहेको बस मंगलबार बिहान पौने ६ बजे सडकबाट तीन मिटर तल पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक भने फरार रहेका छन् ।

0 comments

प्रतिक्रिया दिनुहोस्...