श्रृष्टी र भूवन मिल्ने साथी,
नायिका बनाउन चाहन्थे केसी
यूवतीको बिषयमा सर्वाधिक नाम जोडिन्छ, नायक
भूवन केसीको । भूवन आफै पनि चलचित्र
करिअरको समयमा आफ्ना राम्रा र नराम्रा दुबै
चर्चा भएको बताउँछन् । उनै नायक केसीले पूर्व मिस
नेपाल श्रृष्टी श्रेष्ठ आफ्नो मिल्ने साथी भएको भन्दै
फेसबुकमा तस्बिर पोष्ट गरेका छन् । पूर्व मिस नेपाल
श्रृष्टी श्रेष्ठलाई नेपाली चलचित्र खेलाउन चाहने
निर्माताहरु पनि धेरै छन् ।
तर, श्रृष्टीको कुरा अहिलेसम्म मिलेको छैन । तर,
नायक भूवन केसीले भने आफूले श्रृष्टीलाई
नायिका बन्न अफर गरेको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै भूवनले भने-‘मैले
श्रृष्टी लण्डनमा रहँदा नै ‘साथी म
तिम्रो’मा नायिका बनाउन चाहेको थिएँ ।
सुरुवातमा उसले खेल्ने इच्छा गर्दा हाम्रो छायांकन
सुरु भएन । हामीले छायांकन सुरु गर्दा उसको समय
मिलेन ।’ ‘साथी म तिम्रो’मा श्रृष्टीको समय
नमिलेपछि चलेकी नायिका भन्दै भूवनले रेखालाई
लिएका थिए ।
भूवनले आफू र श्रृष्टी पुरानो साथी भएको समेत खुलाए
। उनले श्रृष्टी ‘मिस नेपाल’ हुनु अघि नै आफूहरु मिल्ने
साथी भएको अनलाइनखबरलाई बताएका छन् । उनले
आफ्नो नयाँ प्रोजेक्टमा श्रृष्टीलाई नायिका लिन
सक्ने कुरालाई भने अहिले नै स्विकार गरेका छैनन् । तर,
भूवनले भने-‘म चाहन्छु उनी नेपाली क्षेत्रमा आउनुपर्छ ।
उनी जस्तो सुन्दर र
प्रतिभा भएको यूवती यो क्षेत्रका लागि खाचो छ
।’ पूर्व मिस नेपाल श्रृष्टी चलचित्र
क्षेत्रमा भित्रनका लागि यतिबेला अभिनयको तालिम
लिइरहेकी छिन् । उनलाई ‘छड्के’का निर्देशक निगम
श्रेष्ठले नयाँ चलचित्रमा नायिका बनाउन
लागेको वुझिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...