कुन फिल्म चल्दैछ ? कुन फिल्म आउँदै छ ?
अब मोबाइलमै थाहा पाउनुहोस.....
एप्स विकासमा सक्रिय सिरान टेक्नोलोजीले
सिनेमा मन पराउने उपभोक्ताका लागि नयाँ एप्स
‘सोटाइम’ निर्माण गरेको छ ।
यो एप्सले नेपालका प्रमुख सिनेमा हलमा चलिरहेका र
आउने सिनेमाका विषयमा अद्यावधिक
जानकारी दिने छ ।
एप्समा नयाँ सिनेमाको सोटाइम, रिभ्यु, पि्रभ्यु,
रेटिङ, ट्रेलर हेर्न सकिनेछ । यो एप्सबाट अनलाईन र
फोनमा टिकट बुकिङ गर्न सकिने सुविधा कम्पनीले
जनाएको छ ।
शोटाइम एप्समा आफुलाई मन परेको तर
भबिष्यमा रिलिज हुने फिल्मलाई वाच
लिष्टमा राख्ने सुबिधा पनि छ ।
नेपालमा पहिलोपटक निर्माण भएको शोटाइम एप्स
सुधार गर्दै जाने सिरान टेकका प्रमुख
कार्यकारी अधिकृत सजत श्रेष्ठले जानकारी दिए ।
‘नजिकको हलको टिकट खरिद गर्न र
सिनेमा हेरेपछि रिभ्यु लेख्न
मिल्नेगरी सुबिधा थप्दैछौं’ उनले भने ।
तत्कालका लागि एन्ड्रोइड प्लेटर्फमममा मात्र उपलब्ध
यो एप्स डाउनलोड गर्न गुगल प्लेस्टोरमा जानुपर्ने छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...