बलिउड फिल्म ‘बेबी’को नामको रहस्य...
नाममा लुकाइएको सस्पेन्सले दर्शक हलसम्म आउने कतपय
फिल्मकर्मीको मान्यता छ । तसर्थ फिल्म युनिटले
फिल्मको नामको अर्थ हत्तपत्त सार्वजनिक गर्दैनन ।
तर प्रदर्शनको लागी तयार हिन्दी फिल्म
‘बेबी’को नामको अर्थ भने खुलाइएको छ ।
हालै प्रमोसन थालिएको फिल्मको नामको अर्थ
निर्देशक निरज पाण्डेले खुलाएका हुन । त्यसो त
उनलाई पनि नामको अर्थ गोप्य राख्न सुझावहरु
आएका थिए । तर उनलाई
बेकारको जिज्ञासा पैदा गराउन मन लागेन । तसर्थ
उनले बेबीको अर्थ खुलाइदिए ।
निरजका अनुसार बेबी भने एक ब्ल्याक अपरेशनको निक
नेम हो । उक्त अपरेशन टीममा अक्षयकुमार र अन्य
सिपाही हरु रहन्छन । टीम पाँच
सालको लागी ट्रायल रन मा रहन्छ । तसर्थ
टीमको प्राराम्भिक अवस्थाका कारण टीमलाई
‘बेबी’ भनिएको हो ।
उक्त टीम अपरेशनकै क्रममा नेपाल समेत आएको दृश्य
फिल्ममा छ । जुन दृश्य यसै बर्षको सुरुवाततिर
काठमण्डौका विभिन्न
स्थानमा खिचिएको थियो । अक्षयकुमारको उक्त
टीमलाई नेपाली प्रहरीले पनि साथ दिएको दृश्य
फिल्ममा छ । फिल्ममा अक्षयकुमारसँगै तपसी पन्नु
अनुपम खेर लगायतको अभिनय छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...