दुबईको डन बन्दै निखिल उप्रेती.....
केहि बर्ष नेपाली चलचित्रबाट हराएका एक्शन नायक
निखिल उप्रेती दुबईको डन बन्ने भएका छन् । दिपक
खाँडले निर्देशन गर्न लागेको चलचित्र
‘राजा’मा निखिल डनको भूमिकामा देखिने
पक्का भएको छ । चलचित्रले दुबई
पेरीफेरीमा रहेका डनको कथा बोक्ने निर्देशन खाँडले
ठुलोपर्दा डटकमलाई जानकारी दिएका छन् ।
चलचित्रमा निखिलसँगै जय किशन बस्नेत र जिके
शर्मा पनि अनुबन्धित भएका छन् । नायिका को रहने
भन्ने टुंगो लागिसकेको छैन ।
यसअघि ‘आफन्तको माया’, ‘माया नगर’, ‘सलाम छ
मायालाई’ तथा केहि भोजपुरी चलचित्रको निर्देशन
र अभिनयपछि खाँडले ‘राजा’ निर्देशन गर्न
लागेका हुन् ।
सालिक सुवेदीको निर्माणमा निरञ्जन सिग्देल
कार्यकारी निर्माताको रुपमा रहेको यस
चलचित्रमा दिनेश अधिकारीको नृत्य, हिमाल
केसीको एक्सन रहने छ । चलचित्रमा सह
निर्माताको रुपमा अमर कुँवर र बोस्तान शर्मा छन् ।
पूर्णतया एक्सन कथामा तयार पारिने
यो चलचित्रको सम्पूर्ण छायांकन फाल्गुण १५
देखी दुबईमा हुने बताईएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...