कुवेत कोषले १ अर्ब ७० करोड बराबर ऋण सहयोग गर्ने
काठमाडौं, चैत्र ९ । कुवेत कोषले नेपाल सरकारलाई १ अर्ब ७० करोड बराबर ऋण सहयोग गर्ने भएको छ ।
अरब आर्थिक विकासका लागि कुवेत कोष (केएफएइडी)ले सिँचाइ प्रणाली सुधार परियोजना कार्यान्वयनका लागि ५० लाख कुवेती दिनार अर्थात् १ अर्ब ६८ करोड रुपैयाँ बराबर ऋण सहयोग गर्ने समझादी गरेको हो । सोमबार अर्थमन्त्रालयमा यस सम्बन्धी समझारी भएको हो ।
/>समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासैनी र कोषका तर्फबाट उपमहानिर्देशक हमद एस अल—ओमरले हस्ताक्षर गरेका हुन् ।
परियोजना मध्यमान्चल र पूर्वान्चल विकास क्षेत्रका सबै ३५ जिल्लामा सन्चालन हुने जनाइएको छ ।
सामुदायिक व्यवस्थापनमा सन्चालित सिँचाइ प्रणालीहरु सुदृढीकरण गरी त्यस क्षेत्रका गरिब किसानको उत्पादकत्व बढाइ सहयोग पुर्याउने परियोजनाको लक्ष्य छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...