-->
नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तारमा जोड

काठमाडौं, चैत्र ९ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध सुरु भएको २ सय वर्ष पुग्न लागेको छ । यस अवसरलाई सदुपयोग गरेर ठोस किसिमले आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि पहल गरिनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले सोमबार राजधानीमा नेपाल बेलायत कूटनीतिक सम्बन्धको २ शताब्दी भएको अवसरमा गरेको ‘नेपाल–बेलायत व्यापार तथा आर्थिक सम्बन्धको सम्भावना’ विषयक अन्र्तक्रियाका अवसरमा उक्त जोड दिइएको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रबाट सुरु भएको यो कदमले सरकारलाई ठोस कदम चाल्न घचघच्याउन सहयोगी हुने उल्लेख गरे ।

सो अवसरमा निजी क्षेत्रले सीधा हवाई सेवा सन्चालनमा जोड दिएका थिए । नेपालका लागि बेलायत दूतावासका चार्ज डे अफेयर्स गाय हेरिसनले सुरक्षाको कारण युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा राखेकाले सीधा हवाई सेवा सन्चालनमा अप्ठेरोपरेको उल्लेख गरे । यसमा सुधार हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।

सम्बन्धको २ सय वर्ष पुगेको अवसरमा २ सय नै कार्यक्रम पहिचान गरेर ल्याउन सुझाव दिंँदै उनले आफ्नो तर्फबाट द्धिपक्षीय आर्थिक सम्बन्ध विस्तारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

,

0 comments

प्रतिक्रिया दिनुहोस्...