विश्व मुवाँ थाई’मा पदक जित्ने दुई नेपाली खेलाडी सम्मानित
काठमाडौं, चैत्र १३ । थाइल्यान्डको बैंककमा हालै सम्पन्न ‘१२औं विश्व मुवाँ थाई प्रतियोगिता’मा पदक जित्न सफल दुई नेपाली खेलाडीहरु सम्मानित भएका छन् ।
नेपाल मुवाँ संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी प्रतियोगितामा कास्यपदक जित्न सफल खेलाडीहरु छुल्टीम लामा र सूर्यबहादुर बुढाथोकीलाई जनही ५ हजार नगदसहित सम्मान गरेको हो ।
लामाले ६३ दशमलव ५ केजीतर्फ तथा बुढाथथोकीले ७० केजीतर्फ कास्यपदक जितेका थिए । थाइल्यान्डबाट सुरु भएको मुँवा थाई खेल पछिल्लो समय विश्वमा एकै ठाँउमा उभिएर खेल्ने व्यवसायिक भिडन्तको रुपमा लोकप्रिय छ । विश्व मुँवा थाई परिषदले विश्वभरका खेलाडीहरुबीच व्यवसायिक लिगसमेत सन्चालन गर्ने गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...