जमिन मुनी भेटियो ५ हजार वर्ष पुरानो शहर (तस्विर सहित)
एजेन्सी ।
टर्कीमा जमिनमुनी पुरानो शहर फेला परेको छ । जमिन खन्ने क्रममा करिव ५००० वर्ष पुरानो शहरको अवशेष भेटिएको सञ्चार माध्यमले जनाएका छन् । खोजी नै नगरिएको समयमा अचानक जमिन मुनी शहरको अवशेष भेटिएपछि बैज्ञानिक र पुरातत्वविद समेत चकित परेका छन् ।
समाचारमा जनाइए अनुसार टर्कीको नेवसेहिर प्रान्तका केही पुराना घर भत्काउने काम चलिरहेको समयमा श्रमिकहरुले ७ किलोमिटर लामो एक सुरुङ फेला पारेका थिए । सुरुङबाट भित्र जाने क्रममा भित्र एक शहरको खण्डहर भग्नावशेष फेला परेको हो । टर्कीको समाचार पत्र हुर्रियत न्यूजका अनुसार यो शहर ५ हजार वर्ष पुरानो हो । प्राचीन अटोमन साम्राज्यको समयमा बनेको यो शहर करिव ५० वर्षफुट क्षेत्रमा फैलिएको छ । यहाँका घर, सडक लगायतका संरचना एकदमै बैज्ञानिक हिसावले बनाइएको पाहिएको छ । कुनै समयमा यो शहरको जनसंख्या २० हजार रहेको बताइएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...