-->
जहाजभित्र चुरोट सल्काएपछि

उपहारस्वरुप सित्तैमा पाएको टिकटमा थाइल्याण्ड जान जहाजमा चढेका एक चिनिया किसानका लागि त्यो सित्तैको टिकट निकै महंगो सावित भयो । क्रिसमस डे को अवसरमा हंगकंगबाट थाइल्याण्डका लागि उडेको क्याथी प्यासिफिक एयरलाइन्सको जहाजभित्रै चुरोट सल्काएपछि ती किसानले ठूलो मूल्य चुकाउनु पर्यो ।

६१ वर्षका सु मिआओक्विङले जहाज आकाशमा उडिरहेको बेला जहाजको ट्वाइलेट भित्र छिरेर चुरोट सल्काएर तानेका थिए । जहाजभित्र चुरोट सल्याइएपछि जहाजको इमर्जेन्सी घण्टी बजेसँगै विमानका कर्मचारीहरुले खोजतलास गर्दा उनलाई ट्वाइलेटमा चुरोट तानिरहेको अवस्थामा रंगेहात समातिएको थियो ।

उनलाई नियन्त्रणमा लिएर कागजात जफल गरि हंगकंग फिर्ता गराइयो र उड्ययन सुरक्षा नियम उल्लंघन गरेको अभियोगमा मुद्दा दायर भयो । सुएन वान अदालतले उनी विरुद्ध २ हजार हंगकंग डलर जरिवानाको फैसला गरेको छ । मुद्दा फैसला हुन्जेल हंगकंगमा बस्दा उनको वर्षभरिमा हुने आम्दानीको एक चौथाइ रकम खर्च भएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ ।

ती वृद्ध किसानका वकिलले भने उनी निरक्षर रहेको हुँदा जहाजभित्र चुरोट खान हुँदैन भन्ने कुराको जानकारी नभएको र उनले अज्ञानतावस चुरोट सल्काएको दाबी गरेका छन् ।स्मरण रहोस् चीनमा हवाइजहाजमा यस्ता अनौठा घटना बेलाबेलामा हुने गरेका छन् । गएको महिना बैंककबाट नांजिङका लागि उडेको जहाजका चारजना यात्रुले सिटको विवादमा विमानका कर्मचारीहरुलाई चाउचाउको झोल मुखमा खन्याइदिनुका साथै विमानलाई बलमे उडाउने धम्की दिएपछि उक्त विमान बैंकक फर्काउनुपरेको थियो ।

त्यसको केहीदिनपछि हांगझोउबाट चेंगदुका लागि उड्नै आँटेको एक जहाजका यात्रुले ताजा हावा लिने भन्दै इमर्जन्सी ढोका खोल्न थालेपछि विमानको उडान केहिबेर रोकिएको थियो । त्यस्तै बच्चा रोएको भन्दै एकजना चिनिया महिलाले हंगकंगका लागि उडेको जहाजभित्र वितण्डा मच्चाएको खबर पनि एकताका निकै चर्चित बनेको थियो ।

0 comments

प्रतिक्रिया दिनुहोस्...