एसएलसी परीक्षार्थीलाई टेलिकमको सहुलियत सिमकार्ड
काठमाडौं, चैत्र १३ । नेपाल टेलिकमले २०७१ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई शुक्रबारदेखि सहुलियत दरमा सिमकार्ड बिक्री–वितरण गर्न सुरु गरेको छ ।
मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै मोबाइल सेवामार्पmत् इन्टरनेट सेवाको प्रयोगमासमेत बृद्धि भएकाले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सहुलियत दरमा सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
सहुलियत योजनाअनुसार विद्यार्थीहरुले १०० रुपैयाँमा १ सय नै बराबरको ‘टक भ्यालु’ र १०० मेगावाइट बराबरको डाटा सेवासहित सिमकार्ड पाउने कम्पनीले जनाएको छ । योजना चैत्र मसान्तसम्म कायम रहने जनाइएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...