-->
आगोमा सर्वश्व गुम्यो, खुला आकाशमा रात, अग्नि पीडितको बिल्लीबाठ

राजविराज, चैत्र १३ । सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर–६ स्थित बडेमारा टोलका अग्नि पीडितहरु राहत नपाएपछि बिचल्लीमा परेका छन् ।

विहीबार भएको भीषण आगलागीमा सर्वश्व गुमाएका उनीहरु वर्षामा खुला आकाशमै रात बिताउन बाध्य छन् ।
आगलागी भएलगत्तै घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आगलागीमा परी ज्यान गुमाएका परिवारलाई १० हजार ५ सय रुपैयाँ किरिया खर्च तथा आगलागीबाट पीडित परिवारलाई एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराए पनि अन्य कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ । राहत सामग्रीको अभावमा पीडितहरु खुला आकाशमुनि रात बिताउन बाध्य छन् । 

0 comments

प्रतिक्रिया दिनुहोस्...