-->
बाबुराम र प्रचण्ड जुटे बागमती सरसफाइमा

दशवर्षे लामो जनयुद्दको नेतृत्व गरेका एमाओवादी अध्यक्ष प्रचण्ड र त्यसमा सहभागी एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टर्राइ शनिबार बाग्मती सफाइका लागि तीनकुने पुगे ।

तीनकुने पुगेका यी नेताले शनिबार देशको राजनीतिकको  फोहोर सफाइको कामबाट केही समय निकालेर मनफुकाएर बागमती नदी सफाइको काम गरे ।

  सहित एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता तथा कार्यकर्ता सफाइ अभियानमा सहभागी भए ।

 फोहोर टिप्न जानुअघि पार्टीको तर्फबाट बोल्दै प्रचण्डले भने– ‘यो सफाइ अभियानले देशकै सभ्यतालाई उँचो बनाउने काम गरेको छ,यो सकारात्मक प्रयासको नमुना हो ।’

 फोहोर टिप्न खोलामा झरेपछि माक्स लगाउँदै बाबुरामले भने– ‘ सबै मिलेर काम गर्ने हो भने सबैतिरका फोहोरहरु सफा गर्न सकिन्छ ।’

0 comments

प्रतिक्रिया दिनुहोस्...