नेपाली भू–भागमा भारतको अतिक्रमण, ४ ओटा सीमास्तम्भ गायब
सुनसरी, चैत्र २८ । भारतसँग सीमा जोडिएको सुनसरीको नेपाली भू–भागमा भारतले अतिक्रमण गरी चारओटा सीमास्तम्भ गायब पारेको छ ।
नेपाल–भारतका संयुक्त प्रतिनिधिहरुले गरेको निरीक्षणका क्रममा सुनसरीको कोसी व्यारेज क्षेत्रका चारओटा सीमास्तम्भ गायब भएका हुन् ।
नेपालको भू–भागमा भारतीय पक्षले अतिक्रमण गरी नेपाली भू–भाग हडप्ने उद्देश्यका साथ नेपाली सीमास्तम्भ गायव पारिएको स्थानीयको भनाइ छ ।
नापी विभाग र भारतीय अधिकारीहरुले संयुक्तरुपमा गरेको सीमा अनुगमनका क्रममा हरिपुर र श्रीपुर गाविसका चार सीमास्तम्भ गायब भएको पाइएको छ ।
नेपालका चार सीमास्तम्भ गायब हुँदासमेत स्थानीय प्रशासन भने बेखबर बनेको छ ।  


0 comments
प्रतिक्रिया दिनुहोस्...