-->
अनशनरत डा.केसी र सरकारबीच सहमति, आजै अनसन तोड्ने

काठमाडौं, चैत्र १९ । सरकार आमरण अनशनरत प्रा. डा.गोविन्द केसीका माग पूरा गर्न सहमत भएको छ । १२ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारी टोलीबीच छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिसँगै डा. केसीले विहीबारै अनशन तोड्ने तयारी गरेका छन् । सरकारका तर्फबाट डा. केसीले राखेका सबैजसो माग पूरा गर्ने प्रतिबद्धता आएपछि उनले अनशन तोड्न लागेका हुन् ।

वार्तामा सरकारका तर्फबाट योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, मुख्यसचिव लीलामणि पौडेल र  डा. केसीको तर्फबाट डा. अन्जनीकुमार झा र रामचन्द्र झालगायत सहभागी थिए । वार्तामा सहमति भएपछि डा. केसीले विहीबार साँझसम्ममा अनशन तोड्ने जनाइएको छ ।

नयाँ मेडिकल कजेलाई सम्बन्धन दिन नहुने, स्पष्ट मेडिकल नीति बनाउनुपर्ने,  स्वास्थ्य क्षेत्रमा व्याप्त माफियातन्त्रको अन्त्य गर्नुपर्नेलगायतका ११ सुत्रीय माग राखेर डा. केसी १२ दिनदेखि अनशनमा रहेका थिए । 

0 comments

प्रतिक्रिया दिनुहोस्...