बस दुर्घटनाका घाइतेहरुलाई उपचार गर्न आर्थिक अभाव
बिराटनगर, चैत्र २१ । मोरङको हात्तीमुडामा चार दिन अघि भएको वस दुघर्टनाका घाइतेको उपचारमा समस्या भएको छ ।
वस दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय अस्पतालहरुमा उपचारका लागी भर्ना गरिएपनि आर्थिक अभाव हुदा उपचारमा समस्या भएको हो ।
सम्वन्धीत यातायात व्यवसायी संघले घाइतेको उपचारमा वेवास्था गर्दा उनीहरु आफै पैसा खर्चेर उपचार गर्न वाध्य भएका छन ।
पुर्व नेपाल यातायात व्यवसायी संघ र सगरमाथा यातायात व्यवसायी संघ वीच घाइतेको उपचार र मृतकलाई क्षतिपुर्ति व्यहोने वारेमा विवाद भएका उपचारमा समस्या परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्ष प्रभु ढकालले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हाल विराटनगरका विभिन्न अस्पतालमा १० जना घाइते उपचाररत रहेका छन ।
मोरङको हात्तीमुडामा गएको वुधवार विहान उदयपुरको फत्तेपुरवाट विराटनगर आउदै गरेको को १ ख ४१९० र विपरित दिशावाट आउदै गरेको को १ ख ३८०५ नम्वरको वस जुध्दा ३३ जना घाइते भएका थिए । घटनामा चार जनाको ज्यान गएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...