-->
नेपालीले बनाए मरुभुमीमा गुड्ने बाईक

भारतमा इन्जिनिएरिङ अध्ययन गर्न गएका नेपाली विद्यार्थीले मरुभूमि तथा अप्ठ्यारो बाटोमा समेत चलाउन सकिने क्वड बाइक (ए.टी.भी) बनाएका छन् । नेपालस्थित भारतीय राजदूतावासले छात्रवृत्ति प्रदान गरेर भारतको आदित्य इन्जिनियरिङ कलेजमा अध्ययनरत नेपाली विद्यार्थी अच्युत घिमिरेको नेतृत्वमा उक्त बाइक बनाएका हुन् ।

भारतीय राजदूतावासद्वारा पठाइएका चार नेपाली विद्यार्थी र दक्षिणी भारतका अन्य छ विद्यार्थीहरु मिलेर भारतको आदित्य इन्जिनियरिङ कलेजमा बनाएको उक्त बाइक १५ किलोमिटरको माइलेज तथा ५० किलोमिटरको अधिकतम गतिमा चलेको थियो । हामीले एउटा प्रोटो टाइप मात्र बनाउने प्रयास गरेका छौ, बाइक बनाउने प्रमुख अच्युत घिमिरेले भने,“अब हामी नेपाल आएर भारतमा बनाएको डिजाइनभन्दा पनि राम्रोसंग बाइक बनाउने प्रयत्न गर्नेछौ ।”

उक्त बाइक फ्युवृकेसनतर्फ बुटवलका कृष्ण गिरीकासाथै जनकपुरका विनोद रविदास र रवि चौधरी थिए । आदित्य इन्जिनिएरिङ कजेलका मेकानिकल विभागीय प्रमुख सृनिभाओ राआले डिजाइन तथा फ्युवृकेसनमा धेरै समय लाग्ने भए पनि थोरै समयमा नै विद्यार्थीको लगन र प्रतिभ सामान्य बाटो, पिच रोड तथा पहाडमा समेत उक्लन मिल्ने किसिमले बाइक बनाएको भन्दै उनले उक्त बाइक सस्पेन्सन राखेर बनाएको हुनाले बाइक जस्तोसुकै ठाँउमा पनि गुडाउन मिल्ने जानकारी दिए । 

,

0 comments

प्रतिक्रिया दिनुहोस्...