-->
सनी लियोनको तीनवटा रोलले बलिउडमा सनसनी

काठमाडौं, चैत्र २९ । बलिउड सिने उद्योगकी बहुचर्चित अभिनेत्री सनी लियोनको प्रमुख भूमिका रहेको चलचित्र ‘एक पहेली लीला’ले रिलिज भएको दुई दिनमै सनसनी मच्चाएको छ । यही अप्रिल १० बाट रिलिज भएको यस फिल्ममा सनीको ट्रिपल रोलले थप उचाइ पाएको छ ।

फिल्ममा मोडलिङ कम्पनीमा सनीको अवस्था, ज्योतिषीले देखाएको पुर्नजन्मसँग जोडिएको साथसाथै अतृप्त प्रेमकथाले पनि फिल्मलाई रोमाञ्चक बनाएको छ ।
त्यो भन्दा पनि एक हजार लिटर दुधले नुहाएको सिनले सनसनी मचाएको छ ।
निर्देशक बबी खानले निर्देशन गरेको यस चलचित्रमा सनीको क्लासिकल नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ ।

फिल्ममा उनका तीनवटै रोलले दर्शकको मन खिचेको छ । गाउँकी छोरी, आधुनिक महिला र राजकुमारी बनेर गरेको अभिनय हेर्न लायक छ ।
कतिपय उनका डाइलगहरु दर्शकहरुको मुखमा नै झुण्डिएको छ । सेक्स सिनसमेत रहेको यसचलचित्रले राम्रो व्यापार गर्न सक्ने समिक्षकहरुले बताएका छन् ।
‘रागिनी एमएस–२’, ‘ज्याकपट जिस्म २’ लगायतका फिल्ममा बोल्ड भूमिका दिइसकेकी सनीले यसमा पनि पृथक अभिनय गरेकी छिन् । ‘एक पहेली लीला’मा सनीका साथमा अभिनेता जय भानुशाली र दुग्गलले साथ दिएका छन् । एजेन्सी

,

0 comments

प्रतिक्रिया दिनुहोस्...