-->
नयाँ वर्षलाई लक्षीत गरी फेवा महोत्सवको सुरु

पोखरा, चैत्र २९ । नेपाली संस्कृति र फेवा तालको संरक्षण गर्ने उद्धेश्यका साथ  पोखरामा हिनबार देखि १२ औं फेवा नव वर्ष महोत्सव शुरु भएको छ ।

महोत्सवको पश्चिमाञ्चलका क्षेत्रिय प्रसाशक दिनेशकुमार थपलियाले उद्घाटन गर्नु भएको हो । महोत्सवमा पर्यटन, संस्कृति र खानालाई केन्द्रित गरी ६० वटा स्टल राखिएका छन  ।
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा सुरु भएको महोत्सवमा डुंगा दौड, नाचगानका कार्यक्रम, भजन चु्ड्का, लोकदोहोरीका कार्यक्रम, आमा समूहको नृत्य, हाँश्यव्यंग्यका कार्यक्रम र लाइभ ब्याण्डको प्रस्तुती रहने जनाइएको छ ।
महोत्सव वैशाख २ गतेसम्म चल्ने छ । महोत्सबका अवसरमा होटलहरुले विभिन्न छुटको पनि घोषणा गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...