-->
तराईका बनजंगलमा डढेलो लाग्न सुरु, बन्यजन्तु प्रभावित

रौतहट, चैत्र २७ । सुख्खायामको मौसमसंगै तराईको बनजंगलमा डढेलो लाग्न सुरु भएको छ ।

तराईको चारकोसे झाडीको रुपमा चिनिने रौतहटको बनमा एक सातादेखि डढेलो लागेको भएपनि डढेलो नियन्त्रण प्रयास नहुदा डढेलो फैलिने क्रम बढिरहेको छ ।
जसले गर्दा चोरी शिकारी बढुनुका साथै बन्यजन्तु समेत प्रभाबित भएका छन् । जङ्गलमा लागेको डढेलोले गर्दा जीवजन्तु, बस्ती र खोला किनारमा देखापर्ने गरेका कारण चोरी शिकारी बढेको छ ।
आगलागी बाट बोटबिरुवा, उत्पादित काठ समेत बर्षेनी नोक्सान हुने भएतापनि नियन्त्रणको राम्रो पहल हुन सकेको छैन ।

0 comments

प्रतिक्रिया दिनुहोस्...