-->
भक्तपुरमा आजदेखि बिस्केट जात्रा सुरु

भक्तपुर, चैत्र २७ । भक्तपुरमा सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा आजबाट सुरु हुँदैछ ।
लिच्छवीकालदेखि मनाउन थालिएको विस्केट जात्रा आठ रात नौ दिनसम्म संचालन हुन्छ ।
बिस्केट जात्राको पहिलो दिन आज तौमढीस्थित भैरव मन्दिरमा पुजाआजा गरी भैरवनाथ र भद्रकालीको रथ तानिनेछ ।

काठै काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखी पाँचतल्ले मन्दिर प्राङ्गणबाट तानेर भक्तपुर नगर परिक्रमा गराउने गरिन्छ ।
पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागतको अवसरमा भक्तपुरमा विशेष तामझामका साथ बिस्केट जात्रा मनाउने प्रचलन छ ।
बैशाख २ गते मध्यपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाईन्छ ।
जात्राको नवौं दिन बैशाख ५ गते विहान कुमाले टोलमा उठाएको लिंगो ढालिन्छ र बेलुका यो जात्राको पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालीको रथ तानेपछि जात्रा सम्पन्न हुन्छ ।
प्रसिद्ध बिस्केट जात्राको सम्पुर्ण तयारी पुरा भएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...