-->
प्रमोद खरेल र शिव परियारको घम्साघम्सी परेको छ (भिडियो सहित)

नेपाली सुगम संगीतका लागि गायकद्धय प्रमोद खरेल र शिव परियार चर्चित मानिन्छन् । चलचित्रको गीतमा पनि यी दुइले राम्रै चर्चा पाएका छन् । यी  दुई गायकको एक गीतमा भने घम्साघम्सी परेको छ । ‘आफ्नै जिन्दगी आफै सँग’ बोलको गीतमा शिव र प्रमोदले आवाज दिएका छन् । अर्जुन पोख्रेलले संगीत भरेको यो गीतमा नि्रपेश उप्रेतीको शब्द छ ।

संगीतकार अर्जुन पोख्रेलले नेपाली संगीतमा पहिलो पटक दुई पुरुष पात्रले एक साथ गजल गाएको बताए । उनले यसलाई नयाँ प्रयोग भनेका छन् ।
यो गीतको भिडियो पनि तयार भएको छ । हरी हुमागाँइले छायांकन गरेको भिडियोमा मोक्षको सम्पादन छ । भिडियोको निर्देशन कृष्ण आचार्यले गरेका हुन् । भिडियोमा केकी अधिकारी र विवेक सिंहले मोडलिङ गरेका छन्

0 comments

प्रतिक्रिया दिनुहोस्...