-->
बंगलादेशमा भागदौडमा १० जनाको मृत्यु

काठमाडौं, चैत्र १३ । बंगलादेशमा शुक्रबार बिहान महाअष्टमी स्नान गर्न गएका हिन्दू धर्मावलम्बीहरुबीच भागदौड मच्चिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाको नारायणगन्ज जिल्लामा आयोजना गरिएको महास्नान मेलामा अत्यधिक भीडभाड हुँदा भागदौड मच्चिएको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । घटनाबारे छानबिन सुरु गरिएको छ । ढाकाबाट २० किलोमीटर लंगलबंदमा रहेको ब्रम्हपुत्र नदीमा वर्षमा १० लाख मानिस महास्नानका लागि भेला हुने गरेका छन् । (एजेन्सी) 

0 comments

प्रतिक्रिया दिनुहोस्...