२५ वर्षको उमेरमा कम्मर भने २० इन्च मात्र (भिडियो सहित )
एजेन्सी -भेनेजुयलामा एक २५ वर्षीया मोडलको कम्मर भने २० इन्चको मात्रै रहेको छ । एलेइरा एवेंडानो नाम गरेकी ती मोडलले ६ वर्षको मेहनत पनि आफ्नो फिगर मेन्टेन गर्न सफल भएकी हुन् । उनले आफुले २० इन्चको कम्मर बनाउनका लागि निकै मेहनत गरेपछि आफ्नो फिगर मेन्टेन गर्न सफल भएकी हुन् ।
उनले आफ्नो कम्मर पातलो बनाउनका लागि दिनमा २३ घण्टासम्म कम्मर कसिएको लुगा लगाउने गरेकी थिइन् । ६ वर्षको अभ्यास पश्चात उनले कम्मर २० इन्च बनाउन सफल भएकी छिन् । उनको यस्तो अभ्यासका लागि डाक्टरहरुले कयौँ पटक चेतावनी समेत दिएका थिए, तर उनले डाक्टरको चेतावनीलाई वेवास्ता गर्दै अन्ततः आफ्नो इरादालाई पुरा गरेरै छाडेकी छिन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...