छोराले गरे बाबुको हत्या
कन्चनपुर, चैत्र १२ । कन्चनपुरको बेलौरी नगरपालिका बेलौरी बजारमा बुधबार राति छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।
बेलौरी बजार बस्ने १६ वर्षीय छोरा अर्जुन आचार्यले ४५ वर्षीय बाबु हरिलाल आचार्यलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् । अत्यधिक मदिरा सेवन गरेका हरिलालले मरणासन्न हुनेगरी आमालाई पिट्न थालेपछि आवेगमा आएका अर्जनले चक्कु प्रहार गरी बाबुको हत्या गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
हत्यापछि आफैंले प्रहरीलाई जानकारी गराएका अभियुक्त आचार्य प्रहरी हिरासतमा रहेको प्रहरी निरीक्षक युवराज भण्डारीले जानकारी दिएका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...