-->
नातीनिका साथमा पूर्वराजा ज्ञानेन्द्र आज दिल्ली जाने

काठमाडौं, चैत्र २७ । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको नयाँदिल्ली जादैँ छन् । आज साँझ पौने ५ बजे उहाँ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । पत्नी कोमल र नातिनीसहित दिल्ली भ्रमण गर्ने पुर्व राजाको टोलीमा उनका संवाद सचिव फणिराज पाठक समेत छन् ।

पुर्व युवराज्ञी हिमानी भने केहि दिन अघि नै दिल्ली पुगिसकेकी छिन् । दिल्ली बसाइको क्रममा पूर्वरानी कोमल शाहको स्वास्थ्य उपचार तथा महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने स्रोतले जनाएको छ ।

0 comments

प्रतिक्रिया दिनुहोस्...