पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं, चैत्र १९ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ ।
नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । यसअनुसार अब एक लिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै भारतीय आयल निगमले घटेको दरअनुसार दर पठाएको र निगमले मूल्य समायोजन गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...